मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीद्वारा सम्बोधन, विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासलाई सरकारको समर्थन



१२ असोज, काठमाडौं–

   ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताएका छन ।

 वर्तमान आफु नेतृत्वको सरकार संघदेखि केन्द्रसम्म पूर्ण दुईतिहाइ बहुमत प्राप्त सरकार भएकाले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको  चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको उल्लेख गरे।

ओलीले संघको बैठकमा २६ मिनेट मन्तव्य राखेका थिय त्यस क्रममा वातावरणीय परिवर्तनको विषयमा जोड दिँदै  आफ्नो देशलगायत हिमाली  देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेको र यस विषयमा सबै  देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको समेत बताए।

यसै क्रममा  ७३ औ राष्ट्रसंघीय महासभामा भाग लिन गयका प्रधानमन्त्री केपी शर्मा ओलीले  माहाशभालाई   सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा अमेरिकामा रहेका नेपाली हरुले  मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति अाक्राेस ब्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका छन । पछिल्लो समय देशमा बढी रहेको दण्डहिनतामा कानुनी शासनको माग गर्दै प्रर्दशनकारी प्ले कार्ड, नेपालको झण्डा र नेपाली कांग्रेसको झण्डा समेत बोकेका थिए।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  ४ : ०९ बजे