मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दही अमिलो भयो भने फाल्नुहुन्छ ? नफ्याक्नुहोस्, यसरी स्वादिलो बनाउन सकिन्छ अमिलो दहिलाई



हाम्रो समाज मा दहिलाई शुभ साइतको रुपमा मान्ने गरिन्छ । एति मात्रै नभएर दही स्वास्थ्यबर्धक र पोषणबर्धक खानेकुरा पनि हो ।

दहीमा प्रोटीन,क्याल्सियम र भिटामिन बीजस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा रहेको हुनाले  यसको सेवनबाट विभिन्न लाभ लिन सकिन्छ।

यसको सेवन गर्दा कब्जियत,अपचजस्ता समस्यमाबाट छुटकरा पाउन सकिने, कहिलेकाही बढी मात्रामा मसलादार खाना पछि दही सेवन गर्दा यसले पाचकको काम गर्छ भने नियमित दही सेवन गर्दा मोटोपनाबाट पनि बच्न सकिन्छ। मुखमा घाउ आएर छाला गएको छ भने दुई तीन दिन नियमित दहीमा मह मिसाएर सेवन गर्दा घाउ ठीक हुन्छ।

दहीमा क्याल्सियमको मात्रा प्रशस्त हुने भएकाले यसको सेवनबाट हड्डी बलियो बनाउन सकिन्छ।  नियमित दही सेवन नगर्ने व्यक्तिभन्दा नियमित दही सेवन गर्ने व्यक्तिको मांसपेशीले सही तरिकाले काम गर्छ।

दही कहिलेकाही अमिलो हुँदा खानै नसक्ने हुन्छ। कतिपतियले अमिलो दही नखाएर फ्याकि दिने गर्छन। तर, अमिलो दहीलाई पनि स्वादिलो बनाउन सकिन्छ  एति धेरै गुणकारी दहिलाई किनफाल्ने   त ? आउनुस थाहा पाइराखौ, अमिलो दहीलाई स्वादिलो बनाउने तरिका –

 -अमिलो दहीलाई एक सेतो कपडामा राखेर विस्तारै निचोर्ने।

– पानी पूरै निथरिसकेपछि दहीलाई कपडाबाट निकालेर एउटा भाँडोमा राख्ने।

– त्यसमा आवश्यकताअनुसार चिसो दूध राखेर राम्रोसँग घोल्ने।

– अब घोलेर राखिएको दहीलाई फ्रीजमा राख्ने।

– दहीबाट आएको पानी फ्याकिदिने।

– यसरी तयार पारिएको दही निकै  स्वादिष्ट हुन्छ।

-एजेन्सी

 

 

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  १० : ४६ बजे