मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारका बिरुद्ध आन्दोलन चर्काउछौ -कांग्रेस प्रमुख सचेतक तथा केन्द्रिय सदस्य बालकृष्ण खाँण



बुटवल

 नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको स्थानीय जनप्रतिनिधिहरुको भुमिका विषयक बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य बालकृष्ण खाँणले सरकारका बिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

नेता खाँणले दुई तिहाई नजीकको बर्तमान केपि शर्मा ओली नतृत्वको सरकारले भष्ट्रचार, बलात्कार, हत्या, हिसां तथा महङ्गी नियन्त्रण गर्नुको सट्टा ती बिषयलाई संरक्षण दिएकाले त्यसका बिरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने अबस्थामा पुगेको चेतावनी दिए ।

 जनतासंस सरोकार राख्ने बिषयमा राष्ट्रिय र स्थानीय स्तरबाट आन्दोलन गर्ने समय आईसकेको र शान्तिपुर्ण आन्दोलन शुरु गर्ने बताए ।

नेता खाँणले मिडियाले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय आफुहरु बोलेका कुरा पनि नआएकाले कांग्रेसका कुरा जनतामाझ पुग्न नसकेको चिन्ता व्यक्त गरे । उनले नेपाली कांग्रेसको व्यवस्थापकिय क्षमतामा आमुल परिवर्तनको खाँचो रहेको उल्लेख गरे । उनले १० बर्ष भित्रमा चीनमा पनि कम्युनिष्ट सरकार हराउने दावी गर्दै यहाँ पनि ओलीको बर्तमान सरकार नाङ्गीदै गएकाले नेपालमा कम्युनिष्ट शासन धेरै समय नटिक्ने बताए ।

दुई तिहाईको दम्भ देखाउदै सरकारले सस्तो व्याजदरको नाममा नेपाली जनताले तिर्नै नसक्ने अनावश्यक ऋण ल्याएर नेपालीको टाउकोमा थुपार्ने काम मात्रै गरिरहेको उल्लेख गर्दै नेपालमा बिदेशीको आर्थिक रणनीति हावी हुर्दै गईरहेकोमा आक्रोस व्यक्त गरे ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  ३ : २० बजे