मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करिब साढे पाँचसय कर्मचारी प्रदेश र स्थानीय तहमा  सरुवा



१३ असोज, काठमाडौं–

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब साढे पाँचसय कर्मचारीको  प्रदेश र स्थानीय तहमा  सरुवा गरिएको जनाएको छ।

यी मध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो।

मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ। यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन्।

ओएनएम सर्भे रिपोर्टका अनुसार ७५३ स्गानीय तहमा करिब ५७ हजार कर्मचारी चाहिन्छ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  ४ : ०४ बजे