मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको ढिस्कोले पुरिएर मृत्यु,सिंगो गाउँ शोकमा



१४ असोज, घोराही–

वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।

दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे ।
माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन ।

निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।

दशैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उहाँकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ४ : ३८ बजे