मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादको भुङरोमा नेकपा, रिमाल र भट्टराईबीच ट्वीटरमा चर्काचर्की



काठमाडौं असोज, १४–
केही महिना पहिले तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भित्र यतिबेला विवाद चर्किएको छ । यो विवाद तत्कालिन एमाले र माओवादी समूहको बीच भन्दा पनि पूर्व एमाले भित्रकै नेताहरु बीचको विवाद हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी वली र वरिष्ठ नेता माधव नेपालबीचको विवाद यतिबेला दुबै समूहका तल्लो तहका नेतासम्म पुगेको छ । नेकपामा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल पोखिन थालेको छ ।
प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति धेरै नेताहरुले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता योगेश भट्टराईबीच कटाक्ष सुरु भएको हो ।

रिमाल हाल प्रधानमन्त्री केपी ओलीसँगै अमेरिकामा छन् भने भटराई नेपालमै छन् । गत शुक्रबार प्रदेशको नेतृत्व चयनप्रति वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौमा चियापनका नाममा आफ्नो पक्षको भेला नै बोलाएर विरोध गरेका थिए ।

त्यसपछि केपी ओलीका विश्वासपात्र मानिने नेकपाका नेता समेत रहेका प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीटर एकाउन्टमा व्याङ्ग्य गर्दै लेखेका छन्–‘मानिसको पतन त्यस समय सुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’

रिमाललाई प्रतिउत्तर दिँदै माधव नेपाल निकट मानिने योगेश भट्टराइले लेखेका छन्

‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’
रिमाल र भट्टराईबीच यो टि विवाद नयाँ भने होईन । उनीहरुबीच केही समय अघि पनि यस्तै विवाद मच्चिएको थियो ।
यसअघि प्रधानमन्त्री केपी ओलीले पनि आफू देशबाहिर गएको बेला केही व्यक्ति भन्दै नेता माधव नेपालप्रति संकेत गरेर देश नै डुब्न लाग्यो भनेर दिएको अभिव्यक्तिको ‘आफू स्वदेश फर्केपछि सवै ठीक हुने जवाफ दिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ८ : ०७ बजे