काठमाडौं ।
आईतबार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको दोस्रो खेलमा संकटाले सरस्वतीलाई १–० ले हराएको छ । खेलको अन्तिम मिनेटमा गोल गर्दै संकटाले लिगमा महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
थपिएको अतिरित्त समयमा संकटाका लागि लक्ष्मण रुचालले निर्णायक गोल गरे । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
लिगको पहिलो खेलमा शनिबार आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । तीन अक जोड्दै संकटा लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।