मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनाबाट बच्यो जेट एयरवेजको विमान , आकस्मिक अवतरण गरेर सबै १ सय ३ यात्रु सकुशल



भारतीय बिमान कम्पनी जेट एयरवेजको विमान ठुलो दुर्घटनाबाट बचेको छ । भारतीय सहर हैदरबादबाट इन्दोरका लागि उडेको बोइङ ७ सय ३७ विमान  एउटै इन्जिको भरमा आकस्मिक अवतरण गर्न परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार यात्रु र चालक दलसहित १ सय ३ जना बोकेर ३६ हजार फिट माथि उडिरहँदा जेट एयरवेजको एउटा विमानको आकाशमै एउटा  इन्जिन फेल भएको थियो । विमान १२ बजेर ०६ मिनेट जाँदा इन्दिोर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सबै १ सय ३ यात्रु सकुशल छन । जेट एयरवेज ९ डब्लु ९ सय ५५ उडानका पाइलटले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी एउटा इन्जिन फेल भएको जानकारी दिएका थिए । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणका सबै उपकरण तयार गरिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ३ : ३१ बजे