मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोर्न साईटहरुको प्रयोगले बलात्कार बढेको भन्दै १६ हजारभन्दा बढी पोर्न सईटमाथि बन्देज



१५ असोज, काठमाडौं–
सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साईटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सईटमाथि बन्देज लगाएको छ ।

सुचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्युनीकरण गर्ने उदेश्यले यस्ता साइट पुर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएके हो ।

उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाईएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ३ : १७ बजे