शरद गौचनलाई गोली हान्ने गुन्डा नाइके समीरमान बस्नेतलाई ‘माथिको आदेश’ भन्दै नख्खुबाट मुस्ताङ पठाइयो



काठमाडौं–

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका गुन्डा नाइके समीरमान बस्नेतलाई ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएको छ।

सामेबार बिहान पौने ९ बजेको बुद्ध एयरको फ्लाइटमार्फत मुस्ताङ कारागार पठाइएको नुख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए।

किन मुस्ताङ पठाइएको  हो  हामीलाई थाहा छैन मुस्ताङ पठाउनु भनेर माथिको आदेश  आएकाले पठाएको हौं,’ जेलर दुलालले भने।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ८ : ३६ बजे