मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे ३३ केजी सुन तस्करीका आरोपी एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा



काठमाडौं असोज, १७–

साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा भएको छ । गृह मन्त्रालयले २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरेको हो ।
केही समय अघि उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।
गृह सचिव प्रेम कुमार राइले उनीहरुले दिएको निवेदनका आधारमा लोहनी र खनालको कारवाही फुकुवा गरेको बताए ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  १ : १० बजे