मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, प्रस्तावित विधानमाथि छलफल हुने



काठमाडौं असोज, १८–

नेपाली कांग्रेसले प्रस्तावित विधानमाथि छलफल गर्न शुक्रवार केन्द्रीय समिति बैठक बोलाएको छ ।

देशका १२ ठाउँमा सम्पन्न भेलाबाट प्राप्त सुझावबारे छलफल पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे बैठक बस्ने भएको हो । बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सातै प्रदेशमा भएका छलफलबाट प्राप्त सुझाव पेश गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेसले जनाएको छ ।

कांग्रेसले पार्टीलाई संघीय संरचनाअनुसार लैजान विधान संशोधन तथा परिमार्जन गरिराखेको छ। कांग्रेसले असोज ८ गतेदेखि १३ गतेसम्म देशका विभिन्न ठाउँमा भेला गरेर प्रस्तावित मस्यौदामाथि सुझाव संकलन गरिसकेको छ। सभापति मात्रै निर्वाचन गर्ने वा सभापतिसहित सबै पदाधिकारी निर्वाचन गर्नेजस्ता बुँदा प्रस्तावित मस्यौदामा छ। जुन बुँदामा धेरै सुझावहरू आउँछन्। त्यसैलाई केन्द्रीय कार्यसमितिले पास गरेर निर्णयार्थ महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ।

आगामी मंशिर पहिलो साता कांग्रेसले काठमाडौंमा महासमिति बैठक समेत बोलाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  १ : ३१ बजे