मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र प्रचण्डबीच झण्डै दुई घण्टा गोप्य छलफल आईतबार : सचिवालय बैठक आह्वान



काठमाडौं असोज, १९–

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार सम्पन्न गोप्य छलफलले आगामी आइतबार सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको हो ।

आज ओली र प्रचण्डबीच झण्डै दुई घण्टा भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो । नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।

दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको खरो आलोचना गरेका थिए ।  त्यति मात्रै नेता नेपालले आफू पक्षीय स्थायी समिति सदस्य भेलामार्फत अध्यक्षद्वय ओली र दाहालको आलोचना समेत गरेका थिए ।

 

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  १० : १३ बजे