मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष र सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा , सांसद समेत निलम्बनमा



काठमाडौं असोज, १९–

सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । सांसद तथा ठेकेदार रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ  स्वतः निलम्बनमा परेका हुन् ।

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष समेत रहेका सांसद रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  हुन् ।  शुक्रवार अख्तियारले सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।

रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  १ : २४ बजे