मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी भित्रै बसेर संगठनको बाद्नाम गराउनेलाई कार्बाही गरेरै छोड्छु : आईजीपी खनाल



काठमाडौं असोज, २१–

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीका केही धमिराका सिंगो संगठनलाई नै लान्छना लाग्ने गरेको बताएका छन् ।

उनले  संगठनमा रहेका किरा धमिरा टिपेर फाल्न फाल्न लागिपरेको भन्दै केही मान्छेका कारण सिंगो प्रहरी संगठन नै बदनाम हुने काम आफूलाई स्वीकार्य नभएको प्रष्ट पारे ।

आइतबार प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई  सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए । उनले भने,  ‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले अघि भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  ७ : २१ बजे