मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्त हत्याको छानविन प्रतिवेदन सार्वजनिक , बबिता भनिने अनिता बम शंकाको घेरामा



२२ असोज, काठमाडौं–

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

कञ्चनपुरकी १३ वर्षीया बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ ।

समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

निर्मलाका किताबहरू पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती किताबहरू घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरू ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता भन्ने अनिता र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरू उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरूको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझाबमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको ३४औं पृष्ठमा भनिएको छ, ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ४ : १५ बजे