मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेसले नेबीसंघ माथी हस्तक्षेप शुरु गरेको बिधार्थी नेताहरुको आरोप



२२ असोज, काठमाडौं–

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाएको छ।

निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखेका हुन् ।

यस अघी नेपाल बिधार्थी संघको भदौ २१ देखि २३ गते सम्म चलेको बैठकले सर्बसम्मत पारित गरेको बिधानलाई उल्ट्याउदै कांग्रेस  यो निर्णय गरेको हो ।

१२ औं महाधिबेशनदेखि उमेर हद लागू गर्ने  उल्लेख गरिएको बिधानलाई नेपाल बिधार्थी संघको केन्द्रीय समिति  बैठकले सर्बसम्मत रुपमा परिमार्जन गरेको थियो ।

 

भदौ २१देखि२३ गते सम्म चलेको नेबिसंघ केन्द्रीय समिति  बैठकले सदस्यता दिन उमेरका अधारमा कसैलाई भेदभाब नगर्ने यस्कोअर्थउमेर हद्बन्दी कायम नगर्ने निर्णय गर्दै निर्णयको माइन्युट्मा अध्यक्ष्, तीन जना माहामन्त्री , सबै उपाध्यक्ष र पदाधिकारी हरुले हस्ताक्षर गरेका थिय । उक्त निर्णय सहितको बिधान भदौ २८ गते नै पार्टीको सम्यन्त्र मार्फत नै पार्टीलाई बुझाइएको थियो ।

नेपाल  बिधार्थी संघको केन्द्रीय समितिले गरेको सर्बसम्मत निर्णयलाई उल्ट्याएर पार्टीले निरङ्कुस बाटो लिएको बिधार्थी  नेताहरुले बतएका छन ।

सँगठन को बिधान लाई अन्तिम रुप दिने केन्द्रिय समितिको अधिकार पार्टीले खोसेको र त्यस्को बचाउ गर्न अध्यक्ष असक्षम देखिएको समेत उनिहरुले बताएका छन । अफुहरुलाई पार्टी ले ठुलो अन्यायमा पारेको थुप्रै नेता कार्यकर्ताहरुले गुनासो गर्न थालेका छन ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी सभापती निकट सदस्यहरु उमेर हद लगाउने पक्षमा कडा रुपमा प्रस्तुत भएका थिय नेबीसंघ को बिधान फाइनल गर्ने अधिकार नेबीसंघ लाई नै दिनु पर्ने माग बैठकमा उठे पनि बहुमत ले पेलेर निर्णय गरिएको कांग्रेसका  केहि केन्द्रिय सदस्यहरुले बताएका छन ।

यो निर्णय नेबीसंघ को माहाधिबेसन नगराउने नियत का साथ भयको र माहाधिबेशन नगरएर अफु निकट नेतृत्व ल्याउने दाउमा पार्टी नेतृत्व लगेको तथा यस्ले नेबीसंघ लाई झन कमजोर बनाउने नेता हरुले बताएका छन ।

 

 

 

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ५ : ५४ बजे