मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तको हत्याका दोषीलाई अढाई महिना पुग्दा पनि कार्वाही नहुनु लज्जस्पद् : कांग्रेस केन्द्रीय समिति



२२ असोज, काठमाडौं–
नेपाली कांग्रेसले  नजिक आउदै गरेका चाडपर्बहरु  दशैं, दिपावली, नेपाल सम्वत्, छठ लगायत पर्वको सु–अवसरमा आम नेपालीहरुलाई सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गरेको छ ।  आइतबार बसेको  नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पछी जारी  गरेको बिज्ञप्ति मार्फत आउदै गरेका चाडपर्बहरु  दशैं, दिपावली लगायत पर्वहरुको अवसरमा आम नेपालीहरुलाई सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गरेको हो ।
त्यस्तै कांग्रेसले  पर्वहरुका बेलामा आम नागरिकलाई शान्ति सुरक्षा  दिन र महङी नियन्त्रन गर्न सरकार असफल भएको निश्कर्स निकालेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगी सक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद भएको बताउदै  यसले वर्तमान सरकार विषयको गम्भीरताका प्रति असंवेदनशील र असक्षम प्रमाणित गरेको र यस्तै प्रकृतिका घटनाको मुलुकव्यापी रुपमा बाढी आउनु झनै चिन्ताको विषय बन्न पुगेको बैठक पछी जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको जनाउदै चर्को करहरुका कारण पीडा झेलिरहेका नागरिकलाई झन पिडा थपिएको स्थितिप्रति गम्भीर हुँदै नेपाली कांग्रेसले त्यसका विरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय लिएको बताइएको छ ।
 निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने एक दशक पुरानो नेपाली कांग्रेसको  संकल्पको राष्ट्रिय गौरवको आयोजना सफल कार्यान्वयन गर्न ध्यानाकर्शन गराउदै  सुदूर पश्चिम प्रदेश सभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी, गैर जिम्मेवार र भू तथा वन माफियाहरुको चलखेलबाट प्रभावित निर्णय फिर्ता लिन समेत सरकारसग माग गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  १० : ०९ बजे