मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई निर्देशन : निर्मला हत्याको अनुसन्धानलाई बाधा पार्न नदिनु



काठमाडौं ।

कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई रोक्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन गरेको छ  ।

यस्ता किसिमका जघन्य अपराधहरु घटिसकेपछि  यथासक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सृर्जना गर्ने परिस्थिति सृजना हुन नदिन आयोगले सरकारलाई सचेत गराएको छ ।

नेपाल सरकार एवं गृहमन्त्रालयलाई जारी गरेको आठ बुँदे निर्देशनमा आयोगले सरकारलाई सचेत गराएको  हो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ११ : ३४ बजे