मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेपत्ता भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेई चिनमा पक्राउ परेको पुष्टी , इन्टरपोललाई प्राप्त भयोराजीनामा



बेइजिङ ।

 एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईको राजीनामा प्राप्त भएको इन्टरपोलले  जनाएको छ ।

 मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको बताउदै  फ्रान्सेली अधिकारीहरुले गत शुक्रबार मात्र मेङ चीनमा “बेपत्ता” भएको समाचार सार्वजनिक गरेका थिए ।

 चिनियाँ कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ । चीनमा भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाब पश्चात एक वक्तव्य जारी गर्दै भनेको छ  “मेङमाथि कानुन उल्लङ्घनको आरोपमा अनुसन्धान भइरहेको छ ।”

अन्तर्राष्ट्रिय संगठित अपराधीहरुको खोजतलास, विश्लेषण र विश्वका देशहरुका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा रहेको छ ।

मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताएकी छिन ।   ।

 चीनमा उच्च सरकारी अधिकारीहरु, अर्बपति व्यापारीहरु र लोकप्रिय व्यक्तिहरु पनि हप्तौं वा महिनौं बेपत्ता बनाइन्छन् । उनीहरु पुन देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ ।

एजेन्सि-

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ११ : ५६ बजे