मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटका नेपाली हिरो, सन्दिप चम्किदै



काठमाडौं ।

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मलेसियामा भइरहेको टी–२० विश्वकप छनोटका ४ खेलमा १७ विकेट लिइसकेका छन् । म्यानमार विरुद्ध ४ विकेट लिएर यो श्रृंखलामा विकेटको खाता खोलेका सन्दीपले त्यसपछि मलेसिया र थाइल्याण्ड विरुद्ध ५–५ विकेट लिए ।

 

भुटान विरुद्ध ३ विकेट लिएर सन्दीपले ४ खेलमा १७ विकेट लिइसकेका छन् । भुटान विरुद्ध ४ ओभर फ्यालेका सन्दीपले २ मेडन राखेर ६ रन दिएर ३ विकेट लिएका हुन् ।

यो श्रृंखलामा नेपालले अझै सिंगापुर र कमजोर चीनसंग खेल्न बाँकी नै छ ।

व्यवसायिक क्रिकेट खेलेर करोडपति बनेका सन्दीप नेपालकै सबैभन्दा ठूला व्यवसायिक खेलाडी बनेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ६ : २२ बजे