मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय राजनीतिक स्थितिमा सुधार गरे मात्रै आर्थिक स्थितरता : अन्तर्राष्ट्रिय मुद्रा कोष



अन्तर्राष्ट्रिय राजनीतिक स्थितिमा सुधार गरे मात्रै आर्थिक  स्थितरता सम्भव हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ । अमेरिकाले चिनिया सामाग्रीमाथि लगाएको करको जवाफमा चीनले अमेरिकी सामानमाथि कर लगाउने क्रम जारी रहँदा विश्व अर्थतन्त्रनै खल्बलिएको स्थिति प्रती सङ्केत गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषलेले एस्तो भनेको हो ।

सन् २०१८ र १९ मा विश्वको आर्थिक वृद्धिदर कम हुँदै जाने मुद्रा कोषले जारी गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । अमेरिका र चीनमा जारी ब्यापार युद्धले आर्थिक वृद्धिमा धब्बा लागेको कोषले उल्लेख गरेको बीबीसीले जनाएको छ । आईएमएफका प्रमुख अर्थशान्त्रीले ब्यापारको रुकावटका कारण हरेक घर, व्यापार र बृहत अर्थतन्त्रमा असर पुगेको बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ६ : ४२ बजे