काठमाडौं असोज, २३–
काठमाडौं महानगरपालिका–१४ सुनारगाउँको एक घरबाट ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर कमला सुवेदीको घर फोडेर करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार चोरहरुको खोजी जारी रहेको छ ।