मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्ष विरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता



खोटाङ ।

खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ  । श्रीमान वैदेशिक रोजगारीमा र वालवच्चा मावलमा रहेकोले  घरमा एक्लै बस्तै आएकी ३३ वर्षिया महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहानले  पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै  जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता भएको हो ।

 पीडित महिलाको भनाई अनुसार असोज १६ गते राती १० बजे आफु बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै जर्वजस्ती गर्न अनुसार खोजेका थिय । “जर्वजस्ती प्रयासको प्रतिकार गर्दै म भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएँ   भोलिपल्ट उल्टै घट्नाको बारेमा कसैलाई भनिस भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्किसमेत दिए ।” पीडित महिलाको भनाई रहेको छ ।

यस अघी पनि अफु माथी पटक पटक एस्तै घटना घटेको र  समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः जर्वजस्ती गर्न खोज्दै गिद्धे नजर आफुमा लगाएपछि असोज २२ गते जिल्ला अदालत खोटाङमा यौन दुर्व्यवहारविरुद्ध मुद्दा दर्ता गरिएको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १२ : ५९ बजे