मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंका लागि खसी–बोका र च्याङग्राको बिक्री बिहीबार बाट – खाद्य संस्थान



काठमाडौं असोज, २४–

भोली (बिहीबार)बाट खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा  खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ ।  आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिन थालेको संस्थानले जनाएको छ ।

बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने छन् । त्यस्तै  म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा आज लोड गरेर भोलि बिहानसम्म काठमाडौं आइपुग्नेछन् । च्याङग्रा पनि पहिलो चरणमा १ सयकै हाराहारीमा ल्याइँदै छ ।

एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको पनि खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको हो । दशैंलाई लक्षित गरेर संस्थानले काठमाडौंको हकमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ ।
काठमाडौं भित्रिने खसीबोका र च्याङ्ग्रा खाद्य संस्थानको बाग्मती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण गरिनेछ । यस वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने संस्थानको योजना छ ।

अघिल्लो वर्ष पनि संस्थानले एक हजार पाँच खसीबोका र एक हजार च्याङग्रा ल्याएको थियो । संस्थानले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने बताए पनि मूल्य भने निर्धारण गरिसकेको छैन ।

बुधबार बस्ने संस्थान सञ्चालक समितिको बैठकले मूल्य निर्धारण गर्ने तयारी गरेको संस्थानले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  ७ : २८ बजे