आज  बडादशैँको पहिलो दिन , घर-घरमा जमरा राखेसगै बडादशैँ शुरु



२४ असोज, काठमाडौं–

हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा  घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ  आज बाट  शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ ।

जौँ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशैँ सुरु भएको मानिन्छ ।   घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा थियो ।

आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरेर  विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाउने चलन छ ।

घटस्थापनाको उपलक्ष्यमा आज काठमाडौँको हनुमान ढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी, सरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ ।

प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार  ८ : १४ बजे