मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले थाल्यो छलफल



काठमाडौं असोज, २४–

पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छबी धमिल्याइरहेको कञ्चनपुरकी निर्मला पन्तको हत्या सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले राय, सुझाव लिन अपराध अनुसन्धानका विज्ञसँग सल्लाह गरेको छ ।

मानब अधिकार र कानुनी राज्य को अन्तर्राष्ट्रिय अबधारणामा नै प्रश्न उठिरहेको र त्यसका लागि आयोगको समेत भूमिका को खोजी हुन थाले पछी  प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट गरिएका अनुसन्धान तथा अनुसन्धानको सिलसिलेवार प्रक्रिया लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अपराध अनुसन्धानका विज्ञसँग सल्लाह थालेको हो ।

छलफलमा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणहरुको संकलन प्रक्रिया, वैज्ञानिक परीक्षण विधिर र प्रक्रिया लगायत अहिलेसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यहरुको सम्बन्धमा विश्लेषण गरिएको आयोगले जनाएको छ ।

  आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदिप पाठक, नेपाल प्रहरीका पूर्व अरिक्ति महानिरीक्षकहरु राजेन्द्रबहादुर सिंह, विज्ञानराज शर्मा, पूर्व प्रहरी नायब महानिरीक्षकहरु रमेश खरेल र बमबहादुर भण्डारी, पूर्व नायव महान्यायाधिवक्ताहरु नरेन्द्रलाल पाठक, सूर्यप्रसाद कोइराला, र ठोकप्रसाद शिवाकोटीलगायत छलफलमा सहभागि भए ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  २ : २२ बजे