मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय गुप्तचर संस्था ‘रअ’का काठमाडौं स्टेशन प्रमुख पटक पटक फेरिदै , चिनको बढ्दो उपस्थितिले भारत चिन्तामा



२५ असोज, काठमाडौं–

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले नेपालस्थित आफ्नो स्टेशनमा ठूलो परिवर्तन गरेको छ । नेपालमा बामपन्थी सरकारको दबदबा बढ्न थालेपछि रअको मुख्यालय दिल्लीले कर्मचारीहरुको हेरफेर गरेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

‘रअ’को नेपाल स्टेशनका दोस्रो तहका पी.डी. छिरिङलाई सरुवा गरिएको छ । छिरिङको स्थानमा स्टालिन बाबु चिट्कुलेलाई ‘रअ’को मुख्यालयले काठमाडौं पठाएको स्रोतले बतायो ।

केही साता अगाडि काठमाडौं आएर जिम्मेवारी सम्हालेका चिट्कुलेले रअको मुख्यालयको गतिमा स्पीड पकड्न शुरु गरेका छन् । उनले नेपालको आन्तरिक राजनीतिक गतिविधि, सूचना संकलन, एजेन्ट परिचालन, नेपालमा भारतविरुद्ध हुने गतिविधि आदिमा शुक्ष्म ढंगले अनुसन्धान शुरु गरेको उच्च स्रोतले जनाएको छ ।

नेपाल नीतिमा भारतको भूमिका कमजोर भएको भन्दै आलोचना भएपछि केही समयअघि दिल्लीस्थित ‘रअ’को मुख्यालयले काठमाडौं स्टेशनका प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएर उनको ठाउँमा अभिजित हल्दरलाई पठाएको थियो ।

हल्दर काठमाडौं आएसँगै रअको गतिविधि झन सक्रिय भएको छ । हुनत भारत नेपालको राजनीतिलाई पहिला जस्तो हस्तक्षेप गर्ने मुडमा छैन । भारतीय जनता पार्टी नेतृत्वको भारत सरकारले रअलाई नेपालको राजनीतिमा हस्तक्षेप नगर्न निर्देशन दिएको बताइन्छ । नेपालको राजनीतिमा के–के हुन्छ, त्यसको गतिविधिको सूचना मात्रै संकलन गर्न रअलाई भनिएको स्रोतले जनाएको छ ।

नेपालमा चीनले बढाउँदै गएको माइक्रो म्यानेजमेन्टप्रति भारतलाई टाउको दुःखाईको विषय बनेको छ । चीन सक्रिय भएका बेला रअ नेपाल स्टेशनमा फेरबदल गर्नुलाई विशेष महत्वका रुपमा हेरिएको छ । रअले नेपालमा आफ्नो कामलाई पूरै परिवर्तन गरेर रणनैतिक रुमा अगाडि बढेको संकेत गरेको छ ।

भारतले रअमार्फत नेपालमा आफ्ना विरुद्ध गतिविधि नहोस् भन्ने योजनालाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि नेपालको राजनीतिमा देखिएर कुनै पनि गतिविधि गरेका छैनन् ।

राजदूत पुरीले आफूलाई दृष्यमा नराखेर कुटनीतिक रुपमा कामहरू गर्दै आएका छन् । पछिल्लो समय चीनले ठूला जलविद्युत आयोजनादेखि सिमेन्ट उद्योगमा लगानी बढाएसँगै भारतीय गुप्तचर संस्थाले आफ्नो सक्रियता बढाएको पनि बुझिएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ६ : १८ बजे