मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडादशैमा यात्रुहरुको सुबिधाको लागी रुट परमिट खुला



२५ असोज, काठमाडौं–

बडादशैको लागि उपत्यकाबाट देशका विभिन्न स्थान तर्फ जाने तथा आउने सवारी साधनलाई  असोज ३१ गते सम्म काठमाडौं भित्रिन रुट परमिट आवश्यकत नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

हिजो वडा दशैंको पहिलो दिन १ लाख ४४ हजारले काठमाडौं छाडेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यात्रुहरुको सहज यात्राको लागि यस्तो ब्यबस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढ देखी काठमाडौ सम्मको रुटमा चल्ने मालबाहक सवारीसाधनहरुलाई ,असोज ३१ गते सम्म पुर्ण रुपमा सञ्चालनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ८ : ५९ बजे