२५ असोज, काठमाडौं–
सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको १९ घन्टाको संसारकै सबैभन्दा लामो उडान बिहिबारदेखि सुरू गरेको छ ।
सिंगापुरबाट उडेको विमानले १५ हजार किलोमिटर दूरी पार गरेर न्युयोर्क पुग्नेछ।
केही यात्रुले समय बचाउन ननस्टप सेवा माग गरेकाले यो सेवा सुरू गरेको सिंगापुर एयरलाइन्सले बताएको छ।
विजनेस क्लासमा यात्रा गर्नेलाई उडानका क्रमका दुई पटक खाना दिइने र यो फ्लाइटमा विजनेश र प्रिमियर इकोनोमिक क्लासका सिट मात्र रहने एयरलाइन्सले बताएको छ । जहाज एनओपिएसी रूट वा प्रशान्त महासागर हुँदै अमेरिका जाने सिंगापुर एयरलाइन्सले जनाएको छ।
दुई इन्जिन भएको बोइङ ७७७ भन्दा २०-३० प्रतिशत कम इन्धन खपत गर्ने बिमानबाट सेवा शुरु गरिएको ।










