मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 राफेल लडाकु जेट खरिदमा भ्रष्टाचार गरेकोले प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिनुपर्छ : भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी



नयाँदिल्ली

फ्रान्ससँग भएको राफेल लडाकु जेट खरिद सम्झौतामा भ्रष्टाचार भएको र यसमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्लग्न भएकोले राजिनामा दिनुपर्ने भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताएका छन् ।

पार्टी मुख्यालयमा  बिहीबार एक पत्रकार सम्मेन गर्दै कांग्रेस अध्यक्ष गान्धीले मोदी भ्रष्टाचारको मामिलामा जोडिएरै सत्तामा आएको र मोदीले आफूमाथि लागेका आरोपको खण्डन गर्न सक्नुपर्ने बताउँदै यो मामिलामा स्पस्टिकरण दिन नसक्ने हो भने राजीनामा दिनुपर्ने जिकिर राहुलले गरेका छन् ।

सन् २०१६ मा भारतको गणतन्त्र दिवसको अवसरमा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्स्वा होलाण्डेले प्रमुख अतिथिको रुपमा भारतको राजकीय भ्रमण गरेका थिए । त्यसै बेला भारत र फ्रान्सबीच राफेल एयरक्राफ्ट खरिदबारेको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कांग्रेस अध्यक्षले यस मामिलामा जाँच समिति बनाएर छानबिन गर्न पनि माग गर्दै  देशका गरिब, किसान र युवासँग मोदीले विश्वासघात गरेको पनि बताएका छन् ।

एजेन्सी

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार  ३ : ३७ बजे