४ बर्षिया बालिकालाई  बलात्कार गर्ने दुराचारी युबक प्रहरी खोरमा



पोखरा ।

पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई  बलात्कार गर्ने एक युवक  पक्राउ परेका  छन् । हेम्जाको याम्दीमा लामो समयदेखि भाडाको घरमा आमा बाबुसगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार  गरेका हुन् ।

मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा याम्दीकै स्थानिय बासिन्दा सुजन श्रेष्ठ रहेका छन ।

श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाबिक क्रियाकलाप गरेको बताएकी छिन् ।

प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार  ४ : ५५ बजे