मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले प्रेस स्वतन्त्रताको हनन् गरिरहेको कांग्रेस सभापतिको आरोप, नयाँ मुलुकी ऐन लागू गर्न खोजे प्रतिकार



चितवन –

नेपाल प्रेस युनियन चितवन शाखाको ८औं जिल्ला अधिवेशन उद्घाटन गर्दै देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू नगराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका छन्।

देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि पनि हनन् गरिरहेको आरोप लगाउदै नागरिकको अधिकार हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गर्न खोजेको दावी गर्दै प्रतिकार गर्ने चेतावनी दिए। कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रता विरोधी गतिविधि गरेको ओराप लगाउँदै असन्तुष्टि व्यक्त गरेका छन्।

सभापति देउवाले कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

 

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  २ : १८ बजे