मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरणमा २६ जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको छ : एआईजी धीरू बस्न्यात



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुरमा सुक्ष्म अनुसन्धानमा लागेको छ ।

अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गछौं।’ शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक बस्न्यातले भने, बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका कञ्चनपुरका २६ जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको जनाएको हो ।

निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट गरेको स्थानयको आरोप पश्चात् थप अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको टोली शुक्रवार कञ्चनपुर आइपुगेको हो । कञ्चनपुर आएसंगै टोलीले प्रमुख जिल्ला अधिकारीसंग भेटवार्ता गरेको स्रोतले जनाएको छ ।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा स्थानीय उखुवारीमा शव फेटिएको थियो । घटना घटेकोे दुई महिनाभन्दा बढी समय भइ सक्दा समेत हत्यारा पहिचान हुन सकेको छैन ।

 

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार  १२ : ५१ बजे