गुर्जा हिमालको हिमआँधीमा परेर ज्यान गुमाएका ९ जनाको शव भेटियो



२८ असोज, काठमाडौं–

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ९ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

आइतबार बिहान खोजी टोलीले सबै ९ जनाको शव खोँचमा भेट्टाएको हो।

धवलागिरि गाउँपालिकामा पर्ने गुर्जा हिमाल आरोहणकालागि गएका नेपाली सहित कोरियाली अरोहण टोली सम्पर्क बिहिन भएपछी खोजी गर्न थालिएको र हिमआधी का कारण भ्रमण दलामा रहेका सबैको निधन भएको जानकारी प्राप्त भएको थियो ।

आइतबार बिहान हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौजनाको शव सङ्कलन गरेका हुन् ।

प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार  ६ : ३५ बजे