भारतले अस्विकार गर्‍यो पहिलेको सम्झौता , दिल्ली पुगेको नेपाली टोली रित्तै  स्वदेश फिर्ता



काठमाडौँ —

नेपाललाई चारवटा हवाई रुट थप्ने सहमती भारतले उलङ्घन गरेको छ । रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेको नेपाली टोली रित्तै  स्वदेश फर्किएको  छ  ।

नेपाल र भारत  दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिए सगै  असार २ गते भारतीय टोलीले  नेपालको नागरिक उड्डयन प्राधिकरणको टोलीसँग वार्तापछि  थप चार अन्तर्राष्ट्रिय रुट उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । त्यसैलाई पूर्णता दिन निर्देशक दीपक बरालको संयोजकत्वमा ५ सदस्यीय टोली भर्खरै भारत  पुगेर रित्तै फर्किएको हो ।

युरोप, मध्यपूर्वी मुलुकलगायतबाट आउने विमान काठमाडौं आउन भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नपर्ने बाध्यता नेपाल ले झेली रहेको छ । हाल एकतर्फी रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली रुटलाई दुईतर्फी बनाउने र काठमाडौंका लागि विराटनगर, जनकपुरको आकाश पनि दुईतर्फी खुला गराउन नेपाल ले लामो समय देखी पहल गरिरहेको छ ।

यस अघी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेर पनि हाल आएर नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन अस्विकार गरेको रित्तै स्वदेश फर्किएको नेपाली टोलिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  ८ : ०५ बजे