मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. २ ले प्रदेश प्रहरी भर्ना खोले तेस्तो निर्णय खारेज हुन्छ : मन्त्री पण्डित



काठमाडौं।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अधिकार नभएको विषयमा प्रदेश सभाले कुनै निर्णय गर्छ  भने तेस्तो निर्णय खारेज हुने बताएका छन ।

प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई  जानकारी नभएको मन्त्री  पण्डितले स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ‘यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन हुँदैन, खारेज हुन्छ।’ मन्त्री पण्डितले  बताएका छन्।

 मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको काम समेत सकिएको जिकिर गरे । ‘राजनीतिक व्यवस्थाको काम मात्रै होईन, अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको मन्त्री  पण्डितले स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  २ : ०४ बजे