मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनामा कमिसन खायो : पूर्वप्रधानमन्त्री डा. भट्टराई



२९ असोज्, काठ्मान्डौ-

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा  कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको बताएका छन्  ।

गोरखा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले ओली सरकारले एक वर्षमा केही काम गर्न नसकेको भन्दै जनताले चाँडै विकल्प खोज्ने समेत बताए । यद्यपी कस्तो विकल्प हो यसबारे केही नखुलाएका संयोजक भट्टराईले नयाँ सरकार गठनको सम्भावनालाई इंगित गरेपनि यसबारे पनि विस्तृत रुपमा केही बताएनन् ।

‘यो सरकारले आफ्नै भार थेग्न नसक्ने भइसक्यो, यही बाटोमा हिड्यो भने भविश्य राम्रो नभएको बताउदै ’मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसकेको ओली सरकारलाई आरोप लगाएका भट्टराईले मुलुकमा बलात्कार, हत्या, हिंसा जस्ता अपराधिक क्रियाकलाप बढेकोमा सरकारको आलोचना पनि गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  २ : २८ बजे