काभ्रेपलाञ्चोक , असोज ३१
राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।
पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी हुन्।
राष्ट्रपति सँगै नागरिक उड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि सहभागी भएका थिय ।
राष्ट्रपति भण्डारीलाई प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाली सेनाको २६ नंबर बाहिनीपति मिनध्वज खड्का, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले स्वागत गरेका थिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ राउतले मन्दिरको संरक्षण र पुनःनिर्माण सम्पन्न गर्न स्थानीयबाट आएका मागलाई राष्ट्रपति भण्डारीलाई जानकारी गराए ।
मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभागले दुई करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । रासस