मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुम्बु क्षेत्रमा पर्यटकलाई लिइने अतिरिक्त शुल्क प्रती टेकिङ एजेन्सिज एशोसिएसनको असहमति



काठमाडौँ, असोज ३१

पर्यटकलाई खुम्बु क्षेत्रमा पदयात्राका लागि प्रति पदयात्रीबाट पाँच सय रुपैयाँ आवास शुल्क लिने निर्णय भएकामा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले असहमति जनाएको छ ।

टानले खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय होटल एशोसिएशनको सहमतिमा लागू गरिएको उक्त शुल्कको व्यवस्थाप्रति असहमति जनाउँदै एशोसिएसनले सो क्षेत्रमा धेरै पर्यटक पदयात्रामा जाने हुँदा पूर्व जानकारीविना लगाइएको अतिरिक्त शुल्कले गर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै त्यस्तो शुल्क नलिन आग्रह गरेको हो ।

टानका  अध्यक्ष नवराज दाहालले बिज्ञप्ती जारी गर्दे त्यस्तो शुल्कको व्यवस्था अन्त्य गर्न सम्बन्धित सरकारसँग माग गरेकाछन  । एकातिर गाउँपालिकाले लागू गरेको टिम्स कार्यान्वयनमा अवरोध सिर्जना गर्ने र अर्कातर्फ आफूखुशी प्रतिपदयात्रीबाट रु दुई हजार उठाउँदै आएको हुनाले पदयात्री व्यवसायी चिन्तित रहेको अध्यक्ष दाहालले बिज्ञप्ती मार्फत जानकारी दिएकाछन ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार  ९ : १२ बजे