चितवनको कुरिनटारमा ट्यांकरले ठक्कर दिदा सातजना घाइते , तीनजनाको अवस्था गम्भीर



काठमाडौँ, असोज ३१

पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा रोकिराखेको भ्यान र सडक छेउमा फोटो खिच्दै गरेकालाई ट्यांकरले ठक्कर दिदा सातजना घाइते भएका छन्।  दुर्घटनामा परी सातजना घाइते भएको मुग्लिन प्रहरीले जनाएको छ।

मुग्लिन प्रहरीका अनुसार गलत साइटबाट आइरहेको मोटरसाइकल र स्कुटीलाई जोगाउने खोज्ने क्रममा ट्यांकर दुर्घटनामा परेको हो। दुर्घटनामा परेका घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। उपचारका लागि सबैलाई आसपासका अस्पतालमा लगिएको छ।

प्रकाशित मिति : आश्विन ३१, २०७५ बुधबार  ९ : २७ बजे