काठमाडौँ, असोज ३१
अमेरिकी सेनाले सोमालियाको सैन्य फौजसँग मिलेर विद्रोही विरुद्ध गरेको संयुक्त हवाई आक्रमणमा परि विद्रोही समूह अल सेहवाब संलग्न ६० जना जिहादीको मृत्यु भएको भएको छ ।
आक्रमणमा सर्वसाधारणलाई कुनै पनि प्रकारको क्षति नपुगेको अमेरिकी सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
गत वर्ष नोभेम्बरमा पनि अमेरिकाले अब सेहवाब विरुद्ध गरेको हवाई आक्रमणमा एक सय भन्दा बढीको ज्यान गएको थियो ।
अमेरिकाले जारी राखेको विद्राही विरोधी कारबाहीका क्रममा दर्जनौँ आक्रमण गरिसकेको छ ।
विद्रोही समूह अल सेहवाबले लामो समय देखी सोमालियामा हिम्सात्मक गतिबिधी गर्दै आइरहेको छ ।