मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गीतकार अम्बिका गुरुङको नयाँ गीत रिलिज , भिडियोमा आंचल शर्मा र पुष्प खड्काको अभिनय



काठमाडौं।

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट रिलिज भएको छ‘पिरतीको रंग’ बोलको गीतमा  शंकर थापाको संगीत रहेको छ भने सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ। पुष्प र आंचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

गीतकार अम्बिका गुरुङ गीत राम्रो बनेको र यस गीतलाई दर्शक-श्रोताले मन पराउनेमा बिस्वस्त देखिन्छिन भने  पछिल्लो समय निकै रुचाइएकी गायिका मेलिना राईले गीतबाट निकै आशावादी रहेको बताएकि छिन ।

भिडियो हेर्नुहोस ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार  १२ : ०३ बजे