मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिदात्रीदेवीको पूजा आराधना गर्दै देशैभर आज महानवमी पर्ब मनाइदै



कार्तिक १, काठ्मन्डौ-

नेपाली हिन्दूहरुको महानपर्व दशैंको आज नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिदै छ । । सबै प्रकारका सिद्धि प्रदान गर्ने भएकोले पनि नवरात्रको नवौं दिन यी देवीको पूजा गर्ने विश्वास हिन्दूहरुमा छ। यस दिन शास्त्रीय विधि (विधान तथा पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबैप्रकारका सिद्धि प्राप्त हुने विश्वास छ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्ढा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाउने तथा आजकै दिन दशैंघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखरा र राँगाको बली सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । सिद्धिदात्रीको पूजा आराधना गर्नाले इच्छानुसारको फल प्राप्त हने धार्मिक विश्वास रहेको छ ।

विहान राजधानीको वसन्तपूरस्थित हनुमानढोकामा सरकारकाका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

सिद्धिदात्री देवीको आराधना गर्ने स्तोत्र-

या देवी सर्वभू‍तेषु मां सिद्धिदात्री रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।

नेपाली भाबार्थ-

 हे माता ! सर्वत्र विराजमान तथा माता सिद्धिदात्रीको रुपमा प्रसिद्ध अम्बे, तपाईँको मेरो वारम्बार प्रणाम छ। अर्थात् म हजुरलाई बारम्बार प्रणाम गर्दछु। हे माता मलाई आफ्नो कृपाको पात्र बनाईदिनुस्।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  ३ : ५३ बजे