मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय र दशै दुइटै हराएको निर्मला पन्त को परिवार



कार्तिक १, काठ्मन्डौ-

दशैको फुलपाति,माहाअष्टमी नवमी हुँदै देशैभर दशैको रौनक चलिरहेको छ । काठमाडौं उपत्यका झण्डै सुनसान जस्तै छ । राजाधानी बाहिर घर भएर बिभिन्न काम र पेशाले उपत्यकामा बस्ने तथा काठ्मान्डौमा पढ्ने बिधार्थीहरु सबै दशै मनाउन आ-आफ्नो घर फर्केका छन । दसैँको चहलपहल निकै बाक्लै छ। पूजाआरधना, हर्षबडाई र हाँसो दशै उल्लास्मय चलिरहेको छ । ।

देशैभर दशैको उल्लास चलिरहदा कञ्चरनपुरको भीमदत्त नगरपालिका २ नम्बर वार्ड बाटाको छेउमै एउटा सुनसान घरको कथा फरक छ ।बिगतका दशै हरुको भन्दा बिल्कुल अलग्गै छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको  महिनौ बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता नलाग्दा  निर्मला कि आमा को छट्पटी झनै बढीरहेको छ ।

गौरा पर्ब आयो गाउ भरी रमाइलो भयो, दशै आयो गाउ भरी रमाइलो छ तर कुनै चाड बाड को रमाइलोले निर्मलाको परिवारलाई  छुन सकेको छैन ।कतै छोरिले न्याए नपाउने पो होकी भन्ने चिन्ता ले उन्लाई सताउन थालेको छ ।भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको परिवार मा दशै त हरायो नै सग्- सगै न्याय पनि हराएको अनुभुती हुन थालेको छ ।

छिमेकीका घरमा मिठो मसिनो पाक्दै गर्दा निर्मला परिवारको भान्सामा आगो बल्न मुस्किल छ। घटना भएको यतिका दिनसम्म छोरीका हत्यारालाई सरकारले खोज्न नसक्नुले उनीहरुलाई पीडा माथि पीडा भएको छ।

देशै भरी आन्दोलन भयो सिङो देशले न्यायको लागी पुकार गर्‍यो तर अपराधी पत्ता लाग्न सकेन । धेरै नेता मन्त्री आय आस्वासन दिय गय तर परीस्थिती झन नाजुक हुँदै आखिरमा निर्मलाको परिवारले न्याय पाउने आशा समेत हराउदै गएको छ ।

आज भोली भेट्न आउने जानेहरु लाई निर्मलाकी आमाले भक्कानिदै एउटै प्रश्न सोध्ने गरेकी छन मेरो छोरीलाई त्यसरी मार्नु पर्ने कारण के थियो र ? अहिले अपराधीलाई छोड्नु पर्ने कारण के छ र ?’

निर्मलाकी आमाको यो प्रश्नको उत्तर कहिले र कस्ले दिने हो कुनै अत्तोपत्तो देखिदैन ।

 

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  २ : १२ बजे