मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलिले कार्तिक ६ गतेसम्म सर्बसाधरणलाई टिका लगाइदिने



कार्तिक ३ शनिबार,काठ्मान्डौ-

प्रधानमन्त्री केपी शर्मा ओलिले सर्बसाधरणलाई दशैको टिका लगाइदिने भएका छन ।  ले कार्तिक ३ गते (एकादशी)देखि कार्तिक ६ गते (चतुर्दशी)सम्म विहान ९:०० देखि ११:०० बजेसम्म सर्बसाधरणलाई दशैको टिका लगाइदिने भएका छन ।

कार्तिक ३ गते देखि कार्तिक ६ गते सम्म विहान ९:०० देखि ११:०० बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंकाे टिका ग्रहण गर्न सकिने     प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसै बिच हिजो दशैको टिकाका दिन  टीका लगाउनका लागि प्रधानमन्त्री निवासमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु निकै समय कुर्न बाध्य भएका थिए । केही सर्वसाधरण टीका नलगाई फर्किएका थिए भने कार्यकर्ता र सांसदहरु २ घण्टा पर्खिएर टीका लगाएका थिए ।

पूर्व निर्धारित समयमा टिका  सुरु नहुँदा टीका लगाउन जम्मा भएका पार्टीका कार्यकर्ता र सर्वसाधारणबीच आपसमा ठेलम ठेल हुँदै  त्यहाँको स्थिति थप अव्यवस्थित बनेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  ६ : २६ बजे