मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकेटार विमानस्थलमा थन्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौं फर्कियो



कार्तिक ३ ,काठ्मान्डौ-

बुधवार बिहान पंखा बिग्रएिपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंबाट गएको  प्राविधिक टोलिले जहाज बनाएपछी हिजो बेलुका फर्किएको छ ।

हिजो दिउँसो काठमाडौंबाट अर्को जहाजमा आएको प्राविधिक टोलिले जहाज बनाएर फर्काएको हो । निगमको ट्विनेटर जहाज बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर ताप्लेजु्र पुगेको थियो । उडान गर्ने समयमा पंखा नचलेपछि विमानस्थलमै थन्किएको थियो ।

निगमले सातामा दुई दिन बुधबार र शुक्रबार ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  ९ : ४९ बजे