कार्तिक ३, काठ्मान्डौ-
पानीले हामीलाई निकै स्वस्थ राख्ने काम गर्छ । त्यतिमात्र नभएर पानीमा नै हाम्रो जिबन अडिएको छ समेत भन्न सकिन्छ । पानी बिना हाम्रो जिबनको परिकल्पना पनि हामी गर्न सक्दैनौ । भने शुद्द पानीको उचित प्रयोगले हामिलाई धेरै रोगहरु बाट टाढा राख्दै सुन्दर जिबन ज्युन मद्दत पुर्याउछ ।
हाम्रो देश पानीको दोस्रो धनी राष्ट्र भएर पनि गाउ शाहअर सबैतिर स्वच्छ खानेपानीको अभाब नै रहेको छ । यो अभाब लाई पुरा गर्न बिभिन्न श्रोतको पनिलाई शुद्द गर्न सक्ने हो भने पानीको समस्या बाट छुट कारा पाउन सकिन्छ ।
घरमै कती खर्च मा कसरी शुद्द गर्न सकिन्छ पानीलाई ?
केहि खर्च गरेर घर्मा नै पानीलाई प्युरिफिकेसन गरेर शुद्द गर्न सकिन्छ । यसको लागी ७० हजार जति खर्चमा ५–७ जनाको परिवारलाई तातो, चिसो दुवै प्रकारको पानी आउने गरी प्रबिधी जडान गर्न सकिन्छ ।
हाम्रो घर, अफिसहरुमा प्रयोगमा आइरहेको प्रशोधन नगरिएको पानीलाई प्रशोधन गरी पिउनयोग्य शुद्धपानी बनाउन पानीको विविध टेष्ट गर्ने जसलाई हामी ल्याब टेष्ट भन्छौं।
पानीको ल्याब टेष्टमा गुण अवगुणबारे परीक्षण गरिन्छ । परिक्षणपछि त्यसलाई सुद्धीकरणका लागि आवश्यक केमिकलको प्रयोग गरिन्छ । १४ प्रकारको ल्याब टेष्ट गरेपछि जे कमी छ त्यहीँ केमिकल थपिन्छ भने धेरै भएको हटाइन्छ । त्यसपछि पिउनयोग्य पानी बन्छ ।
टेष्ट गर्ने क्रममा पानीमा कति मात्रामा फोस्फोरस, पोटास, आइरनलगायतका १४ तत्वको टेष्ट गरिन्छ । त्यसपछि जुन तत्वको कमी पानीमा देखिन्छ प्युरीफार्ई गर्दा त्यही तत्व राख्ने काम गरिन्छ । जसले गर्दा हामीले घरमै स्वस्थ पानी बनाउन सक्छौं।
पानीलाई चिसो तातो दुवै बनाउन मिल्छ । हामीले पानी स्वस्थ बनाइसकेपछि जुन धारोमा खानेपानीको प्रयोग गर्ने हो त्यही धारामा प्युरीफाईउक्त पानी जडान गर्न सकिन्छ।
एकपटक यो जडान गरेपछि वर्ष वर्ष दिनमा कुन–कुन केमिकल हटेको छ त्यही त्यही केमिकलहरु राख्ने गरिन्छ । त्यो गर्दा खासै धेरै खर्च लाग्दैन ।