अवैध लागूऔषधसहित ३ जना पक्राउ



काठमाडौं ।

शुक्रबार भक्तपुरबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेको भक्तपुर प्रहरिले जनाएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–५ चुनदेवी बस्ने मकवानपुरका २६ वर्षीय दानेज खड्कालाई लागूऔषध १ सय १३ एम्पुल नुर्फिन, ५० एम्पुल डाइजेल्याव, ९० एम्पुल फेनारगन र ३१ थान सिरिन्ज सहित चुनदेवीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धानको क्रममा अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार  ३ : २२ बजे