साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु



काठमाडौं ।

चितवनमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको प्रहरिले जनाएको छ ।

दशैमा गित बजाउनलाई घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा टेकबहादुर चेपाङ गम्भीर घाइते भएका थिय ।

घाइते  चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको  प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार  ३ : ३६ बजे